११ पुष २०८१, बिहिबार

आजदेखि मौसममा क्रमिक सुधार आउने

Logo
आजको अपडेट आइतबार, आश्विन १३, २०८१

विराटनगर । आजदेखि मौसममा क्रमिक सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । बाँकी प्रदेशका पनि थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

मधेस प्रदेशलगायत कोशी र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हुरीबतासको पनि सम्भावना रहेको भन्दै महाशाखाले सचेत गराएको छ । ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्ने जोखिम तथा भूक्षयजस्ता प्रकोपको जोखिम र क्षतिबाट बच्न समेत महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाका मौसमविद् रोजन लामिछानेले आज राति कोशी, मधेस र बागमती प्रदेशमा साधारणतया बदलीदेखि पूर्णतया बदली रहने जानकारी दिनुभएको छ । भोलि बिहानदेखि दिउँसोसम्म हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।

प्रतिक्रिया
हाम्रो बारे

गाउँदेखि सहरसम्म, प्रदेशदेखि केन्द्रसम्म
छुट्दैनन् अब कुनै खबर, आजकाे अपडेटसँग

हाम्रो टीम

कार्यकारी सम्पादक: सन्तोष मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220