०८ पुष २०८१, सोमबार

८० प्रतिशतसम्म भाडा वृद्धि गरिएको भन्दै व्यवसायीको विरोध

Logo
आजको अपडेट आइतबार, साउन २०, २०८१

विराटनगर । धनकुटा नगरपालिका ७, बसपार्कस्थित व्यापारिक भवनको अत्यधिक भाडा वृद्धि गरिएको भन्दै व्यवसायीहरुले विरोध जनाएका छन् । उनीहरुले पत्रकार भेला गरी आफ्ना समस्या उजागर गरेका छन् ।

धनकुटा नगरपालिकाको स्वामित्वमा रहेको उक्त व्यापारिक भवनका सर्टर तथा कोठाका भाडा ८० प्रतिशतसम्म वृद्धि गरिएपछि व्यवसायीहरु विरोधमा उत्रिएका हुन् । उक्त भवनमा होटल, सहकारी, सञ्चार, कलाकेन्द्र, एग्रोभेट, सप्लायर्स, इलेक्ट्रोनिक, मिनी मार्ट, पूजा सप्लायर्स लगायत १३ व्यवसाय सञ्चालनमा छन् ।
नगरपालिकाले खुला प्रतिस्पर्धाबाट लकान्द्रीबन्धु कन्ट्रक्सन एण्ड सप्लायर्सलाई ठेक्का लगाएको जनाइएको छ । सप्लायर्सले १८ लाख रुपैयाँमा व्यापारिक भवनको भाडा ठेक्का पाएको थियो । नगरपालिकाले प्रत्येक दुई वर्षमा १० प्रतिशत भाडादर वृद्धि गर्नुपर्ने सम्झौता भए पनि ८० प्रतिशतसम्म वृद्धि गरिएको व्यवसायी खगेन्द्र सुवेदीले जनाए । ‘अकस्मात तीन गुना बढी भाडा वृद्धि गरिएको पत्र आएपछि हामी अचम्मित छौ,’ उनले भने, ‘यो अव्यवहारिक र अस्वाभाविक रहेकोले हामी विरोधमा उत्रिएका हौं ।’

व्यवसायीहरुले समस्या समाधानका लागि नगरपालिका कार्यालय पुगे पनि सुनुवाइ नभएको गुनासो गरे । पछिल्लो समय व्यापाररव्यवसायसमेत ओरालो लागिरहेको बखत भाडा वृद्धि गरी नगरपालिकाले आफूहरुलाई हतोत्साही गरेको व्यवसायी सुजित प्रधानले बताए ।

भाडा अस्वाभाविक वृद्धि भएकोबारे ठेक्का प्राप्त लकान्द्रीबन्धु कन्ट्रक्सन एण्ड सप्लायर्सका लक्ष्मण विश्वकर्माले १८ लाख रुपैयाँको साँवाब्याज असुल गर्न बाध्य भएको प्रतिक्रिया दिए । उनले भने, ‘मैले नगद र सुन धरौटी राखेर ठेक्का लिएकोले त्यो असुल गर्न बढी भाडा लिन बाध्य भएको छु ।’धनकुटा ७ नं वडाध्यक्ष रोशेष श्रेष्ठले समस्या समाधानका लागि गम्भीर रहेको बताए । व्यवसायीले यसबारे उद्योग वाणिज्य संघमा समेत समस्याको समाधान खोजिनु पर्ने माग अघि सारेका छन् । यस्तै, वार्ताबाट समस्याको समाधान नभए व्यवसायीहरुले कानुनी बाटो अपनाउने बताएका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

गाउँदेखि सहरसम्म, प्रदेशदेखि केन्द्रसम्म
छुट्दैनन् अब कुनै खबर, आजकाे अपडेटसँग

हाम्रो टीम

कार्यकारी सम्पादक: सन्तोष मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220