११ पुष २०८१, बिहिबार

कोशी ब्यारेजका सबै ढोका खोलिए, पानीको बहाब ४ लाख क्युसेक नाघ्यो

Logo
आजको अपडेट शनिबार, आश्विन १२, २०८१

सन्तोष मेहता,विराटनगर । कोशी ब्यारेजमा पानीको बहाब उल्लेख्य रूपमा बढेपछि सुरक्षा सतर्कता अपनाउँदै सबै ५६ वटा ढोका खोलिएको छ । आज बिहान ८ बजेको मापन अनुसार नदीमा पानीको बहाब ४ लाख १८ हजार २८५ क्युसेक पुगेको छ । खतराको सूचना दिन दुबै तर्फ रातो अहिले बत्ती बालिएको छ ।

ब्यारेज नियन्त्रण कक्षका अधिकारीहरूले जानकारी दिए अनुसार, गत केही दिनदेखि लगातार वर्षाका कारण कोशी नदीमा पानीको सतह बढ्दै गएको थियो । सुरक्षा मापदण्ड अनुसार ३ लाख क्युसेकभन्दा बढी बहाब हुँदा सबै ढोका खोल्नुपर्ने नियम रहेको छ ।

स्थानीय प्रशासनले नदी किनारका बासिन्दाहरूलाई सतर्क रहन आग्रह गरेको छ । साथै, कोशी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई सुरक्षित स्थानमा सर्न अपिल गरिएको छ ।

विगतमा कोशी ब्यारेजमा आएको बाढीले ठूलो क्षति र्पुयाएको इतिहास रहेको छ । त्यसैले यस पटक प्रशासन र सम्बन्धित निकायहरू थप सतर्क रहेको बताइएको छ ।

मौसम विभागका अनुसार आगामी केही दिन पनि वर्षा जारी रहने अनुमान गरिएको छ। यसले गर्दा नदीको बहाब अझै बढ्न सक्ने भएकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै आवश्यक सुरक्षा उपायहरू अपनाइएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

गाउँदेखि सहरसम्म, प्रदेशदेखि केन्द्रसम्म
छुट्दैनन् अब कुनै खबर, आजकाे अपडेटसँग

हाम्रो टीम

कार्यकारी सम्पादक: सन्तोष मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220