११ पुष २०८१, बिहिबार

कोसी ब्यारेजबाट नदीमा खसेको बसका २० यात्रुको उद्धार

Logo
आजको अपडेट बिहिबार, आश्विन १०, २०८१

विराटनगर– कोसी ब्यारेजबाट कोसी नदीमा खसेको यात्रुवाहक बसका २० यात्रुलाई सशुकल उद्धार गरिएको छ ।

विराटनगरबाट उदयपुर सदरमुकामा गाईघाट जाँदै गरेको यात्रुवाहक बस खसेपछ तत्कालै सुरक्षाकर्मी उद्धारमा जुटेका थिए ।

सुनसरी र सप्तरीको सिमानामा रहेको कोसी ब्यारेजबाट खसेको बसका २० जना यात्रुको उद्धार गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताए ।

प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीम दाहालका अनुसार बसमा कति यात्रु थिए भन्ने यकिन भने भएको छैन ।

बस अनियन्त्रित भएर ब्यारेज पुलको बार भत्काउँदै नदीमा खसेको थियो । ब्यारेजको ३४र३५ नम्बर ढोका छेउबाट अनियन्त्रित भई बस सप्तकोसीमा खसेको थियो ।

घटनास्थलमा नेपाल प्रहरी र शस्त्र प्रहरीसहित स्थानीय यात्रुको उद्धार कार्यमा लागिरहेको प्रहरी उपरीक्षक दाहालले बताए ।

चालक ३५ वर्षीय चन्दन कुमार महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

गाउँदेखि सहरसम्म, प्रदेशदेखि केन्द्रसम्म
छुट्दैनन् अब कुनै खबर, आजकाे अपडेटसँग

हाम्रो टीम

कार्यकारी सम्पादक: सन्तोष मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220