०८ पुष २०८१, सोमबार

“नेत्रदान गर्न सबैलाई प्रेरित गर्नुपर्छ : कोशी प्रदेशसभाका सभामुख विष्ट”

Logo
सन्तोष मेहता शनिबार, भाद्र २९, २०८१

विराटनगर । कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले मृत्युपछि नेत्रदान गर्न सबैलाई प्रेरित गर्नुपर्ने बताउनु भएको छ ।
विराटनगर आँखा अस्पतालको १८औँ वार्षिकोत्सवमा बोल्दै उहाले यस्तो धारणा ब्यक्त गर्नु भएको हो ।
सभामुख विष्टले भन्नु भयो, हाम्रो जस्तो मुलुकमा नेत्रदानबारे थप सचेतना फैलाउन आवश्यक छ । मृत्युपछि आँखा दान गर्ने कार्यमा अस्पतालले खेलेको भूमिका उल्लेखनीय छ । उहाले नेत्रदानबारे जनचेतना बढाउन सबैसँग सहकार्य गरेर अघि बढ्ने बताउनु भयो ।


सभामुख विष्टले अस्पतालले मेहनतपूर्वक प्रशंसनीय काम गरेको उल्लेख गर्दै अस्पतालको सेवा सबैसम्म र्पुयाउन आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।
अस्पतालका अनुसार १७ वर्षको अवधिमा ३ लाख १३ हजार ५८१ बिरामीको आँखा जाँच गरिएको छ, जसमध्ये ६९ हजार १२७ जनाको शल्यक्रिया गरिएको छ । यसैगरी दृष्टिविहीनता न्यूनीकरणका लागि समुदायमा विभिन्न कार्यक्रमहरू सञ्चालन गरिँदै आएको छ ।

कार्यक्रममा अस्पतालमा योगदान र्पुयाउने एक दर्जनभन्दा बढी कर्मचारीहरुलाई सम्मान समेत गरीएको थियो । वार्षिकोत्सवमा अन्य जनप्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

गाउँदेखि सहरसम्म, प्रदेशदेखि केन्द्रसम्म
छुट्दैनन् अब कुनै खबर, आजकाे अपडेटसँग

हाम्रो टीम

कार्यकारी सम्पादक: सन्तोष मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220