विराटनगर । कोसी प्रदेशमा नेपाली कांग्रेस चार मन्त्री र दुई राज्यमन्त्रीसहित सरकारमा सहाभागी हुने भएको छ ।
कांग्रेसले चार मन्त्री र राज्यमन्त्री लिने लगभग सहमति भएको संसदीय दलका नेता उद्धव थापाले बताएका छन् । कोसीमा सात मन्त्रालय छन् । अब मन्त्रालय बढेर नौ हुनेछन् ।
केन्द्रमा गठबन्धन फेरिएर कांग्रेस–एमाले सरकार गठन भए पनि कोसीमा सरकार विस्तार हुन बाँकी छ । एमालेका हिक्मत कार्की नेतृत्वको सरकारमा सहभागी हुन भागबन्डा नमिल्दा ढिलो भएको थियो ।
मुख्यमन्त्री कार्कीले मन्त्रालय संख्या बढाउन मानेका थिएनन् । कांग्रेसले संख्या बढाउनु पर्ने अडान लिएको थियो ।
सरकारबाट माओवादी केन्द्र बाहिरिएपछि कोसीमा मन्त्रालय खाली छन् । केन्द्रबाट सन्देश आउनासाथ कांग्रेसले आज ९बिहीबार० नै मन्त्रीको नाम पठाउने सम्भावना रहेको बताइएको छ ।
संसदीय समितिहरूमा नेतृत्व लिन भने सत्तासीन दलले सहमति गरिसकेका छन् । सार्वजनिक लेखा समिति विपक्षी माओवादी केन्द्रलाई दिएर कांग्रेस–एमालेले तीन तीनवटा समितिको नेतृत्व गर्नेछन् ।
समितिको निर्वाचन भोलि शुक्रबारलाई तोकिएको छ ।