०८ पुष २०८१, सोमबार

शिक्षा सुधार समबन्धी बर्जुका बाल विकासलाई ३ दिने तालिम सुरु

Logo
आजको अपडेट सोमबार, भाद्र २४, २०८१

विराटनगर । बाल विकास शिक्षिकालाई शिक्षा सुधार सम्बन्धी ३ दिने तालिम सुरु भएको छ । वाश र अन्य स्तरोन्नती मार्फत शिक्षामा सहयोग बर्जुको परियोजना अन्र्तगत आइतवार देखि एल.डी.एसको सहयोग, बर्जु गाउँपालिकाको सहकार्य र स्वास्थ्य पोषण शिक्षा तथा कृषि अनुसन्धान विकास नेपाल (हर्ड नेपाल) को आयोजनामा उक्त तालिम सुरु भएको छ ।

गाउँपालिका १६ वटा बाल विकास केन्द्रका शिक्षिकालाई सहभागी गराएर शिक्षा सुधार सम्बन्धी सुरु गरेको हर्ड नेपालका कार्यकारी निर्देशक राकेश कुमार यादवले जानकारी दिनुभयो ।
बालबालिका हेरचाह सम्बन्धी ३ दिने तालिमको उद्घाटन समारोहमा गाउँपालिका शिक्षा शाखा प्रमुख बावुराम कार्कीले सुरुमा बालबालिका भविष्य बाल विकास शिक्षिकाको हातमा रहेको बताउनुभयो । कार्कीले बाल विकास केन्द्रका बालबालिकाहरुलाई हामीले अधारभुत कुरा मनोरञ्जनको माध्यमबाट सिकाएर पठायौँ भने माथीको कक्षामा सिकाइमा सजिलो हुने बताउनुभयो ।

उद्घाटन समारोहमा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत तेजिन्द्र गौतमले हामी सँग जे श्रोत साधन छ त्यसैलाई सदुपयोग गनुर्पछ । अहिले बाल विकासका कक्षाकोठा देखि लिएर आवश्यक सामग्री व्यवस्थापन भएको पनि छ र व्यवस्थित हुने क्रममा छ । बालबाललिकालाई मनारञ्जन गराएर पढ्न सिकाउन जरुरी छ । बाकीका कुराहरु तालिमबाट सिकेर आफ्नो केन्द्रमा प्रयोग गर्नुपर्छ ।

हर्ड नेपालका कार्यकारी निर्देशक राकेश कुमार यादवले नौ महिना पछि जन्मेको बालबालिकाको अर्काे आमाबुवा बाल विकास केन्द्रका शिक्षिका हुन् बताउनुभयो । यादवले त्यो बाल विकास केन्द्रमा आउने बालबालिकाको सरसफाइको कस्तो छ, नङ्ग काटेको छ कि छैन, बानी ब्यवहार कस्तो छ लगायत कुरामा हेरचाह गर्ने विद्यालय तथा बाल विकास केन्द्रका शिक्षक र शिक्षिका भुमिका हुन्छ यादवले जानकारी दिनुभयो ।
शिक्षा सुधार समबन्धी तालिमको सफलताको शुभकामना हर्ड नेलालका कार्यक्रम प्रवन्धक प्रदिप अर्याल, महासचिव राजीव चौधरी, कार्यक्रम अधिकृत ज्ञानु गौतम लगायतले दिनुभएको थियो ।

 

प्रतिक्रिया
हाम्रो बारे

गाउँदेखि सहरसम्म, प्रदेशदेखि केन्द्रसम्म
छुट्दैनन् अब कुनै खबर, आजकाे अपडेटसँग

हाम्रो टीम

कार्यकारी सम्पादक: सन्तोष मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220