२१ कार्तिक २०८१, बुधबार

पालिकाले गर्यो करुणा फाउन्डेसनलाई बिदाइ

Logo
आजको अपडेट बिहिबार, भाद्र २०, २०८१

विराटनगर । अपाङ्गता रोकथाम गर्नका लागि महत्त्वपूर्ण भुमिका खेलेका करुणा फाउन्डेसन नेपाललाई बुधबार देवानगञ्ज गाउँपालिकाले  विदाइ समारोह कार्यक्रम आयोजना गरि बिदाई गरेको छ । सुनसरीको देवाजगञ्ज गाउँपालिकाको सभा हल उक्त कार्यक्रम गरेको हो ।

करुणा फाउन्डेसन नेपालले अपाङ्गता हुन नदिनका लागि अपाङ्गता रोकथाम तथा पुनःस्थापन कार्यक्रम ल्याई गाउँपालिका र कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्रालय सँग समन्वय गरेर २०७६ साल असोज ८ गते त्रिपक्षीय  सम्झौता गरेर २०७७ साल साउन १ गतेदेखि देखि अपाङ्गता रोकथाम कार्यक्रम सुरु गरेको थियो । यो त्रिपक्षीय सम्झौता ३ वर्षको लागि गरेको थियो र बिचमा कोरोना महामारी काम गर्न नसके पछि फेरि एक वर्षको थप गरि करुणा फाउन्डेसन सँग ४ वर्ष अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन रहको थियो । यस कार्यक्रम बाट गाउँपालिकालाई निकै ठुलो उपलब्धि भएको देखिन्छ । यस कार्यक्रमले नवजात शिशुको स्वास्थ्यकर्मीको टिम घरमै गएर कुनै जन्मदोष भएको नभएको जाँच्ने गरेको र कतिपयलाई स्वास्थ्य समस्या बेलैमा पत्ता लाग्यो अपाङ्गता हुन समेत बचाएको करुणा फाउन्डेसन नेपालको जिल्ला संयोजक श्याम किशोर साहले बताउनुभयो ।

साहका अनुसार ५ देखि १० वर्ष मुनिका बालबालिकालाई विद्यालयमा गएर स्वास्थ्य जाँच गर्ने क्रममा कतिपयलाई समस्या देखे पश्चात् समयमै उपचार हुदा अपाङ्गता हुनबाट समेत बचेको छ । अपाङ्गता हुन नदिनका लागि गर्भमा रहेको शिशुको अवस्था पत्ता लगाउन पालिकामा भिडियो एक्स रे व्यवस्था उपलब्ध भए पछि ३ जना महिलाको गर्भ जाँच क्रममा जटिलता पत्ता लागेपछि बेलैमा विशेषज्ञ अस्पताल रेफर गराएर सुरक्षित राखिएको साहले जानकारी दिनुभयो । अपाङ्गता भएका ब्यक्तिहरुको तथ्याङ्ग  व्यवस्थित गरि उनीहरूलाई आवश्यक स्वास्थ्य सेवा उपलब्धमा ब्यवस्थापन गरेको हो । अपाङ्गता भएको र आमाबुबा समेत नरहेको निराशा गुप्तालाई सुरक्षित बास बस्नका लागि पक्की घर बनाउन हामी व्यवस्थापन गरेको जिल्ला संयोजक साहले बताउनुभयो । साहले अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालनमा साथ र सहयोग गर्नुहुने सबैलाई धन्यवाद सहित आभार ब्यक्त गरेको थियोे ।


बिदाई कार्यक्रममा बोल्नु हुदै अपाङ्गता समावेशी संस्थाका अध्यक्ष डुमरलाल मेहताले “यो अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमले हामीलाई धेरै नै सहयोग मिलेको छ । यो कार्यक्रमले गर्दा हामी करुणा फाउन्डेसन नेपालका जिल्ला संयोजक श्याम किशोर साह, राजिव चौधरी , स्नेहा खड्का लगायत  टिमलाई अपाङ्गताको उद्धार प्रति अपाङ्गता समावेशी संस्थाको तर्फबाट धन्यवाद तथा आभार ब्यक्त गर्दछु” भन्नुभयो  । मेहताले अगाडिको दिनमा पनि बेलाबेलामा यस्ता किसिमको कार्यक्रम ल्याउन आग्रह गर्नुभयो ।


कार्यक्रमको सभा अध्यक्ष तथा गाउँपालिकाकी उपाध्यक्ष कुमारी विभा यादवले करुणा फाउन्डेसन नेपालले अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमबाट राम्रो उपलब्धि भएको बताउनुभयो । उपाध्यक्ष यादवले बिदाइ गरि रहदा मनमा दुख लागि हाल्छ नै । यो करुणा फाउन्डेसन गरेको कामहरु सराहनीय रहेको छ । यस्ता किसिमका योजनामा अगाडिको दिनमा पनि सहकार्य  गर्न आग्रह गर्नुभयो । यो कार्यक्रमलाई सफल बनाउनका लागि करुणा फाउन्डेसनका दिम, गाउँपालिकाका महिला तथा बालबालिका शाखा, स्वास्थ्य शाखा, अपाङ्गता समावेशी संस्था लगायतको भुमिका प्रति उपाध्यक्ष यादवले धन्यवाद र आभार ब्यक्त गर्नुभयो ।
कार्यक्रममा पालिका महिला बालबालिका शाखाकी प्रमुख सृजना पोख्रेल, स्वास्थ शाखा प्रमुख सुरेश पण्डित, पालिका भित्र रहेका स्वास्थ्य चौकीका प्रमुखहरु, मिलिजुली समुहका पदाधिकारीहरु लगायतको सहभागी रहेको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

गाउँदेखि सहरसम्म, प्रदेशदेखि केन्द्रसम्म
छुट्दैनन् अब कुनै खबर, आजकाे अपडेटसँग

हाम्रो टीम

कार्यकारी सम्पादक: सन्तोष मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220