०८ पुष २०८१, सोमबार

कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना
Logo
santosh शनिबार, साउन १९, २०८१
कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

विराटनगर । आज दिउँसो कोशी प्रदेशको एक–दुई ठाउँमा मुसल्धारे बर्षाको सम्भावना रहेको छ । मनसुनी वायुको प्रभावका कारण कोशी प्रदेशको एक–दुई ठाउँमा मुसल्धारे र कोशीसहित गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति पनि गण्डकी प्रदेशका केही ठाउँमा मुसल्धारे वर्षाको सम्भावना छ । यस्तै राति कोशी, बाग्मती, गण्डकी प्रदेशका केही ठाउँ तथा बाँकी प्रदेशका थोरै ठाउँमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ ।

अहिले देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, लुम्बिनी र सुदूपश्चिम प्रदेशका प्रदेशका केही ठाउँ र बाँकी प्रदेशका थोरै ठाउँहरुमा सामान्य वर्षा भइरहेको छ ।

पछिल्लो ६ घण्टामा दाङ, बर्दिया, जाजरकोट, सप्तरी लगायतका जिल्लामा ठूलो पानी परेको छ ।

बाढी पूर्वानुमान महाशाखाले दाङको पदमपुर आसपासमा साना नदीहरुमा बाढीको जोखिम रहेकोले सावधानी अपनाउन भनेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

गाउँदेखि सहरसम्म, प्रदेशदेखि केन्द्रसम्म
छुट्दैनन् अब कुनै खबर, आजकाे अपडेटसँग

हाम्रो टीम

कार्यकारी सम्पादक: सन्तोष मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220