१० पुष २०८१, बुधबार

बाढीका कारण धरान उपमहानगरपालिकाका बस्ती जोखिममा

Logo
आजको अपडेट मंगलबार, भाद्र १८, २०८१
बाढीका कारण धरान उपमहानगरपालिकाका बस्ती जोखिममा

विराटनगर । ठूलो वर्षाका कारण खहरे खोलामा आएको बाढीले लगातार खोला कटान गर्न थालेपछि धरान उपमहानगरपालिका–१३ खहरे खोला नजिकका बस्ती उच्च जोखिममा परेका छन् । खहरे खोलामा बस्तीमाथिबाट लगातार बाढी आउने गरेपछि त्यहाँका स्थानीय बासिन्दाले रातभर सुत्न नसकेर जाग्राम बस्नुपरेको बताएका छन् ।

धरान–१३ की राधिका लिम्बूले घरभित्र पानी पसेपछि घर सफा गर्न दुई दिन लागेको र कति बेला बाढी आएर बगाउँछ भन्ने डरले जाग्राम बस्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।

हिजोदेखिको वर्षाले धरान–१३ का सात घरमा क्षति भएको छ भने झण्डै १० घर बढीको उच्च जोखिममा परेका वडाध्यक्ष नेत्र काफ्लेले जानकारी दिनुभयो । वर्षाका कारण तीन करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको वडाध्यक्ष काफ्लेले बताउनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

गाउँदेखि सहरसम्म, प्रदेशदेखि केन्द्रसम्म
छुट्दैनन् अब कुनै खबर, आजकाे अपडेटसँग

हाम्रो टीम

कार्यकारी सम्पादक: सन्तोष मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220