विराटनगर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुई पटक मात्रै प्रधानमन्त्री बन्ने प्रस्ताव भोलि बस्ने केन्द्रीय समितिको बैठकबाट पास हुने दाबी गर्नुभएको छ ।
काठमाण्डौमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले कांग्रेस केन्द्रीय समितिको बैठकमा आफूले एक पटक राष्ट्रपति र दुई पटक मात्रै प्रधानमन्त्री बन्न पाउने नीति प्रस्ताव गरेको बताउनुभयो ।
भोलि बस्ने केन्द्रिय समितिको बैठकले आफूले प्रस्ताव गरेको नीति साझा दृष्टिकोण र सहमतिबाट पास गर्ने दाबी गर्नुभयो । प्रधानमन्त्री जतिसुकै लोकप्रिय बने पनि दुई पटकभन्दा बढी बन्न नपाउने व्यवस्था हुनुपर्ने महामन्त्री विश्वप्रकास शर्माको भनाइ छ ।