१० पुष २०८१, बुधबार

कोशी र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

Logo
आजको अपडेट शनिबार, भाद्र १५, २०८१
कोशी र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

विराटनगर । आज कोशी र गण्डकी प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले पनि कोशी प्रदेशका एकरदुई ठाउँमा हल्का पानी परिरहेको छ । देशभर मनसुनी वायुको प्रभाव छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । कोशी प्रदेशलगायत देशका पहाडी भागमा मौसम आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मूख्यतया सफा छ । आज पूर्वी क्षेत्रमा अलि बढी मौसमी प्रभावदेखिएको छ भने भोलि पश्चिमी क्षेत्रमा मौसमी प्रभाव देखिने छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने अनुमान छ । आज दिउँसो कोशी गण्डकी प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षा हुने मौसमविद् गोबिन्द झाले जानकारी दिनु भयो । त्यस्तै गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँ तथा बाँकी प्रदेशको एक–दुई ठाउँमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् झोले बताउनु भयो ।

आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने अनुमान छ । कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै ठाउँमा राति मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रतिक्रिया
हाम्रो बारे

गाउँदेखि सहरसम्म, प्रदेशदेखि केन्द्रसम्म
छुट्दैनन् अब कुनै खबर, आजकाे अपडेटसँग

हाम्रो टीम

कार्यकारी सम्पादक: सन्तोष मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220