०८ पुष २०८१, सोमबार

कोशी प्रदेशका व्यवसायी दुग्धजन्य पदार्थको बिक्री बढ्न थालेपछि उत्साहित

Logo
आजको अपडेट बिहिबार, भाद्र १३, २०८१
कोशी प्रदेशका व्यवसायी दुग्धजन्य पदार्थको बिक्री बढ्न थालेपछि उत्साहित

विराटनगर । कोशीमा दुग्धजन्य वस्तुको बिक्री बढ्न थालेपछि डेरी व्यवसायीहरूमा सुधारको आशा पलाएको छ । डेरीबाट उत्पादन गरिएका नौनी घिउ, छुर्पी र पाउडर दूधको बिक्री बढ्न थालेपछि व्यवसायीहरूमा आशा पलाएको हो ।

नेपाल डेरी एशोसिएसनका वरिष्ठ उपाध्यक्ष राजन चिमरियाले दसैँ तिहारसम्ममा मौज्दातमा रहेका दुग्धजन्य पदार्थको ५० देखि ६० प्रतिशत खपत हुने बताउनुभयो । सरकारले दुग्धजन्य पदार्थ आयातमा प्रतिबन्ध लगाएसँगै उत्पादित सामग्रीले बजार पाएको हो ।

उहाँले कोशी प्रदेशमा सहकारी र निजी डेरीले किसानबाट सङ्कलन गरेको दूधको भुक्तानी एक महिनामात्र ‘होल्ड’ गरेर सबै भुक्तानी गर्दै आएको बताउनुभयो । डेरीको उत्पादन बिक्रि हुन थालेपछि किसान पनि उत्साहित बनेका छन् । ६ महिनाअघिसम्म कोशीका डेरी उद्योगमा नौनी घिउ, एसएमपी र छुर्पीको मौज्दात पाँच लाख किलोग्राम भन्दा धेरै रहेको थियो ।

विगतमा डेरीले दुध नकिन्दा र किनेको दुधको भुक्तानी नदिँदा कोशी प्रदेशका दुग्ध उत्पादक किसान पलायन भएका छन् । इलाम, पाँचथर, झापालगायत ठाउँमा सञ्चालित धेरै गाईफार्म बन्द भएका छन् । अहिले डेरीले दुध किन्ने र बेलैमा भुक्तानी दिन थालेपछि पलायन भएका किसान पेशामा फर्किने तयारीमा छन् ।

प्रतिक्रिया
हाम्रो बारे

गाउँदेखि सहरसम्म, प्रदेशदेखि केन्द्रसम्म
छुट्दैनन् अब कुनै खबर, आजकाे अपडेटसँग

हाम्रो टीम

कार्यकारी सम्पादक: सन्तोष मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220