०८ पुष २०८१, सोमबार

शेखरले नाम नदिँदा कोशी सरकार विस्तारमा ढिलाइ

Logo
santosh शुक्रबार, साउन १८, २०८१

विराटनगर । नेकपा एमालेसँग जुटेको सहमति बमोजिम नेपाली कांग्रेसले मन्त्री बन्नेहरुको नाम दिएको भए सोमबार नै कोशी सरकारले पूर्णता पाउने थियो ।

शनिबार कांग्रेस र एमालेबीच मन्त्रालय भागबण्डाको सहमति जुटेको थियो । जसअनुसार मुख्यमन्त्री सहित ५ मन्त्रालय एमाले र ४ मन्त्रालय कांग्रेसले पाउने थियो ।

एमालेसँग सहमति जुटेपछि कांग्रेसभित्र पनि एकप्रकारले भागबण्डा टुंगिएको थियो । नेताहरुका अनुसार सभापति शेरबहादुर देउवा समूहबाट २, डा।शेखर कोइराला समूहबाट १ र कृष्णप्रसाद सिटौला समूहबाट एक जना मन्त्री बन्नेगरी सरकारमा पठाउने तयारी थियो ।

तर आफ्नो गृह प्रदेश भएकाले एउटा मात्रै मन्त्री लिन शेखर कोइराला तयार भएनन् । उनले दुई मन्त्रालयको अडान लिएका छन् ।

‘एउटा मात्रै हो भने नाम दिन्न भन्नु भएको छ, उहाँ आएपछि मात्रै थप छलफल हुन्छ,’ कांग्रेसका एक नेताले भने, ‘माथि भागवण्डामा कुरा मिल्न पर्र्यो अनि मात्रै यहाँ प्रक्रिया अघि बढ्छ ।’ शेखरको अडानपछि कांग्रेसले मन्त्रीहरुको नाम पठाउन सकेको छैन ।

तर डा।शेखर भने मन्त्रालय टुंग्याउने पहल नलिएर भारत हिडेका छन् । ‘जाने विषयमा केही भन्नु भएको छैन । धार्मिक कार्यक्रम र केही राजनीतिक भेटघाट छन् भन्ने सुनेका हो,’ उनी निकट स्रोतले भन्यो, ‘अब १–२ दिनमा फर्कने होला ।’

मुख्यमन्त्री हिक्मत कार्की भने कांग्रेसबाट आउने मन्त्रीहरुको नाम पर्खेरै बसेका छन् । ‘उहाँहरुको कोर्टमा बल छ, कहिले दिनुहुन्छ त्यहीँले ९त्यसैदिन० टुङ्ग्यान्छ’, सोमबार काठमाडौँबाट विराटनगर फर्केका मुख्यमन्त्री कार्कीले भनेका थिए ।

कांग्रेस प्रमुख सचेतक गोपाल तामाङ सरकारमा जाने मन्त्रीको टुङ्गो लागेपछि मात्र प्रक्रिया अगाडि बढाउने बताउँछन् । आकांक्षी धेरै भएकाले मन्त्रीको टुङ्गो लगाउन केन्द्रलाई पठाइएको उनी बताउँछन् ।

सोमबार बसेको कांग्रेस प्रदेश समिति बैठकले मन्त्री छान्न मापदण्ड चाहिँ बनाएर केन्द्रमा पठाएको छ । केन्द्रको निर्णयपछि सरकारमा सहभागी हुने प्रदेश महामन्त्री भूपेन्द्र राईले बताए । कांग्रेस प्रदेश समितिले जातीय, लैङ्गिक, भौगोलिक र कार्यक्षमतालाई आधार बनाएर मन्त्री छान्नुपर्ने मापदण्ड बनाएको छ ।

एमालेसँग भागबण्डामा भौतिक पूर्वाधार, स्वास्थ्य, पर्यटन वन तथा वातावरण मन्त्रालय लिने कांग्रेसले सहमति गरेको छ । यी मन्त्रालय यसअघि माओवादी केन्द्रको नेतृत्वमा थियो । त्यस बाहेक उद्योग, कृषि तथा सहकारी मन्त्रालय र सामाजिक विकास मन्त्रालय मध्ये थप एउटा लिन मुख्यमन्त्रीको प्रस्ताव छ ।

कोशी सरकारमा संस्थापन समूहबाट प्रदीप सुनुवार, हिमाल कार्की, खगेनसिंह हाङ्गाम, सिटौला समूहबाट भीम पराजुली र भूपेन्द्र राई, शेखर समूहबाट गोबिन्द गिरी, मानबहादुर लिम्बु, समशेर राई मन्त्रीको दाबेदार हुन् ।

प्रतिक्रिया
हाम्रो बारे

गाउँदेखि सहरसम्म, प्रदेशदेखि केन्द्रसम्म
छुट्दैनन् अब कुनै खबर, आजकाे अपडेटसँग

हाम्रो टीम

कार्यकारी सम्पादक: सन्तोष मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220