०८ पुष २०८१, सोमबार

गायक प्रकाश तिमिल्सिनाको निधन

गायक प्रकाश तिमिल्सिनाको निधन
Logo
आजको अपडेट आइतबार, साउन २७, २०८१

विराटनगर । गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ ।

तिमिल्सिना ललितपुर महानगरपालिका १८ आदिनाथ मार्गस्थित आफ्नै कोठामा मृत अवस्थामा फेला परेको ललितपुर प्रहरी प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए ।

सुवेदीका अनुसार तिमिल्सिना शनिबार राति ९ बजेतिर बेडमा मृत भेटिएका हुन् । उनको शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ ।

तिमिल्सिनाका ‘प्रिय तिम्रो सिउँदोमा सिन्दूर भर्न देऊ ‘, ‘तिम्रो हातको सिन्दूर’, ‘जुन भन्दिन’, ‘नमान लाज यसरी’, ‘नआए नि हुन्थ्यो’ लगायतका गीतहरू चर्चित छन् ।

तिमिल्सिना गायन प्रतियोगिता ‘नेपाली तारा’बाट उदाएका थिए । उनको आजै पशुपतिमा अन्त्येष्टि गर्ने पारिवारिक स्रोतले जनाएको छ । त्यसअघि उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानमा राखिनेछ ।

प्रतिक्रिया
हाम्रो बारे

गाउँदेखि सहरसम्म, प्रदेशदेखि केन्द्रसम्म
छुट्दैनन् अब कुनै खबर, आजकाे अपडेटसँग

हाम्रो टीम

कार्यकारी सम्पादक: सन्तोष मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220