०८ पुष २०८१, सोमबार

नेपाल फाइनलमा, उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्ने

Logo
आजको अपडेट मंगलबार, साउन २२, २०८१
उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्ने

विराटनगर । इरानलाई पराजित गर्दै आयोजक नेपाल काभा महिला नेसन्स लिगको फाइनल प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेप कभर्डहलमा मंगलबार नेपालले इरानलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।

योसँगै नेपालले उपाधिका लागि भारतसँग खेल्ने भएको छ । मंगलबार नै भएको पहिलो सेमिफाइनलमा श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गर्दै भारत उपाधिनजिक पुगेको थियो। अब नेपालले बुधबार उपाधिका लागि भारतको सामना गर्नेछ। इरानले तेस्रो स्थानका लागि श्रीलंकाको सामना गर्नेछ ।

भारतसँग भेट पक्का गर्ने क्रममा नेपालले खेल २५-२१, २८-२६, २५-२० ले आफ्नो पक्षमा पर्‍यो। पहिलो सेटमा नेपाल १-४ ले पछि परिसकेको थियो। तर, लगातार चार अंक जोड्दै नेपाल खेलमा फर्किएको थियो । त्यसपछि इरानले नेपाललाई रोक्न सकेन। एक पटक १०-८ को स्थितिमा पुगेपनि इरानले लगातार अंक गुमायो र पहिलो सेट २५-२१ ले गुमयो ।

दोस्रो सेट निकै प्रतिस्पर्धात्म बनेको थियो। एक समय नेपालले १५-१० को अग्रता बनाएको थियो। तर, नेपाल लगतार अंक गुमायो। त्यसपछि इरानले १-१८, २९-१९ हुँदै खेललाई रोचक मोडमा पुर्‍याएको थियो। त्यसपछि इरानले लगतार अंक जोड्दै खेल २२-२४ मा लगेको थियो। तर, नेपालले दुई सेट बचाउँदै खेल २८-२६ ले आफ्नो पक्षमा पार्‍यो ।

तेस्रो सेटमा पनि नेपाल पुनरागमन गर्न सफल भयो। एक समय नेपाल ११-१४ को स्थितिमा थियो। तर, लगतार अंक जोड्दै नेपाल १३-१४ मा पुग्यो। त्यसपछि १५-१५, १६-१६, १७-१७ र १९-१८ को स्थितिमा खेल पुगेको थियो। यद्यपि, नेपालले लगतार अंक जोड्दै इरानलाई उछिन्यो । इरानले थप दुई अंक जोड्दा नेपाल ६ अंक जोड्न सफल भयो र सेट २५-२० ले आफ्नो पक्षमा पार्‍यो ।

नेपाल दोस्रो र इरान तेस्रो स्थानमा रहँदै अन्तिम चारमा पुगेका थिए। लिगचरणमा नेपालले इरानसँग ३-२ को सेटमा हार बेहोरेको थियो। त्यो बदला लिन नेपाल सफल भएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

गाउँदेखि सहरसम्म, प्रदेशदेखि केन्द्रसम्म
छुट्दैनन् अब कुनै खबर, आजकाे अपडेटसँग

हाम्रो टीम

कार्यकारी सम्पादक: सन्तोष मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220