०८ पुष २०८१, सोमबार

काठमाडौंसहितका विभिन्न नदीमा बहाव बढ्यो, सतर्क रहन आग्रह

Logo
आजको अपडेट मंगलबार, साउन २२, २०८१
काठमाडौंसहितका विभिन्न नदीमा बहाव बढ्यो

विराटनगर । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न जिल्लामा रहेका नदीहरूमा पानीको बहाव बढेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

अहिले सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, पाल्पा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, नवलपरासी पूर्व, नवलपरासी पश्‍चिम, रूपन्देही, कपिलवस्तु र आसपासका जिल्ला भई बहने नदीहरूमा पानीको बहाव बढेको छ ।

त्यस्तै महाशाखाले काठमाडौँस्थित विष्णुमती नदीको गोङ्गबु जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र आसपास बसोबास गर्ने र सो नदी किनार भई यात्रा गर्नेहरूले दिउँसो २ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

त्यसैगरी ललितपुरस्थित खोड्कु खोला झरुवारासी जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको, नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले दिउँसो २ बजे सम्मै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

यस्तै, मेलम्ची, बागमती, विष्णुमती, धोबी खोला, हनुमन्ते खोला, कालिगण्डकीका सहायक नदीहरू, तिनाउ, वाणगङ्गा, कञ्चनखोला, दानो खोला लगायतका अन्य ससाना नदीमा बहाव बढ्ने भएकाले सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

गाउँदेखि सहरसम्म, प्रदेशदेखि केन्द्रसम्म
छुट्दैनन् अब कुनै खबर, आजकाे अपडेटसँग

हाम्रो टीम

कार्यकारी सम्पादक: सन्तोष मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220