सन्तोष मेहता सुनसरी । सुनसरी मोरङ सिँचाइ आयोजना सुखसेना शाखाको ११ औं साधारणसभा शाखा अध्यक्ष सुखदेव मेहताको अध्यक्षतामा भोक्राहा नरसिंह गाउँपालिका वडा न.२ मा अवसथित रहेको शाखाको आफनै भवन परीसरमा शुक्रवार साधारणसभा सम्पन्न भयो । कार्यक्रममा विभिन्न राजनीतिक नेताहरू र स्थानीय पदाधिकारीहरूको महत्वपूर्ण उपस्थिति रहेको थियो ।
शाखाको ११ औं साधारणसभामा प्रमुख अतिथिका रूपमा उपस्थित नेपाली काँग्रेसका केन्द्रीय कार्य सम्पादन समिति सदस्य एवं सुनसरी क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले किसानहरूका सिँचाइसम्बन्धी समस्याहरूलाई क्रमशः समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले स्थलगत अवलोकन गरेर समस्याहरूको यथार्थ अध्ययन गर्ने र समाधानका लागि पहल गर्ने बताउनुभयो ।
शाखा अध्यक्ष सुखदेव मेहताले सभामा आयोजनाको वर्तमान अवस्थाबारे महत्वपूर्ण जानकारी दिँदै भन्नुभयो, हाम्रो आयोजनाले प्रारम्भमा ६८,००० हेक्टर क्षेत्रमा सिंचाई सेवा र्पुयाउने योजना बनाएको थियो। शुरुआतमा आठ हजार हेक्टर जग्गामा सिंचाई सेवा उपलब्ध थियो, तर वर्तमान अवस्थामा सुखसेना शाखाको भुटाहा सेफन देखि तल र हरिपुर उपशाखा महेन्द्र राजमार्ग देखि तल नहर निर्माण तथा मर्मत नहुँदा हाल केवल पाच हजार हेक्टर क्षेत्रफलमा मात्र सिंचाई सेवा उपलब्ध रहेको बताउनु भयो ।
उहाँले थप बताउनुभयो, सुखसेना शाखा नहरमा १२२ वटा वाटरकोप भि.सी. रहेका छन्। हामी स्थानीय किसानहरूको चाहना र आवश्यकतालाई ध्यान दिँदै आयोजनाको विस्तार र सुधारमा प्रतिबद्ध छौं । नहर मर्मत र संरक्षणमा तत्काल ध्यान दिनुपर्ने आवश्यकता छ । मेहताले आगामी दिनमा आयोजनाको अधिकतम उपयोग र विस्तारमा केन्द्रित रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल, पूर्व राज्यमन्त्री राम प्रसाद मेहता, कोशी प्रदेशसभा सदस्य हाजी इस्राइल मन्सुरी , सुनसरी मोरङ सिँचाइ आयोजनाका प्रमुख मनोहर कुमार शाह ,भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजाद, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारी, भोक्राहा नरसिंह गाउँपालिका वडा न ४ का वडा अध्यक्ष हारुन अन्सारी, बराहक्षेत्र नगरपालिका १० का वडा अध्यक्ष तेज बहादुर गुरुङ लगायत स्थानीय किसानहरूको समेत उल्लेख्य उपस्थितिमा सम्पन्न यस साधारणसभाले सिँचाइ आयोजनाका चुनौती र संभावनाहरूमाथि व्यापक छलफल गरेको थियो ।
सम्बन्धित स्रोतहरूका अनुसार, यो बैठकले आगामी दिनमा सिँचाइ क्षेत्रमा थप सुधार र विकासका लागि महत्वपूर्ण आधार तय गरेको छ ।