०८ पुष २०८१, सोमबार

पृथ्वीको सुरक्षाको लागि हिमालको रक्षा गर्न राष्ट्रपति पौड्यालको विश्व समुदायलाई आग्रह

Logo
आजको अपडेट मंगलबार, कार्तिक २७, २०८१

विराटनगर । समस्त पृथ्वीको रक्षाको लागि हिमालको रक्षा आवश्यक भएको राष्ट्रपति रामचन्द्र पौडेलले आजको कोप २९को बैठकमा बताउनु भएको छ।
अजरबैजानको बाकु सहरमा यही कार्तिक २६ गते देखि भई रहेको जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कोप(२९ मा आज उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलनु लाई सम्बोधनका क्रममा राष्ट्रपति पौड्यालले उक्त कुरा बताउनु भएको हो। उहाँले भन्नुभयो,ुहिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा सबैले ख्याल गरौँ, पर्वतीय मुलुकका सेता हिमाल काला पहाडमा परिणत हुने क्रमले ती मुलुकमा मात्र होइन तल्लो तटीय मुलुकहरूलाई सङ्कटमा पुर्‍याउँछ भन्ने विश्वले बिर्सन हुन्न।

जलवायु परिवर्तनवाट विश्व समुदाय नै समस्यामा परे पनि अल्पविकसित, गरिव र समुन्द्री टापुमा रहेका देशहरुलाई गम्भिर असर परेको उहाँले बताउनुभयो। साथै कार्वन उत्सर्जन गर्ने देशहरुले कार्वन उत्सर्जनका कारण असर पर्ने देशलाई दिने क्षतिपूर्ति प्राप्त गर्न झन्झटिलो भएको र यसलाई सहज बनाइदिन समेत राष्ट्रपति पौड्यालले आग्रह गर्नु भएको छ।

यही असोज‌मा आएको बाढीले पुर्याएको क्षति र थामेमा भएको हिमताल विस्फोटनको घटनालाई उदहारण बनाएर नेपालमा जलवायु परिवर्तनले गम्भिर असर पुर्याएको बिषय राष्ट्रपति पौड्यालले विश्व समुदाय समक्ष उठान गर्नु भएको छ । उहाँ भन्नुहुन्छ,ू नेपाल अहिले पनि जलवायु परिवर्तनको आलो पीडामा छ । हालैको बाढी पहिरो र हिमताल विष्फोटनका कारण सयौं मानिसको मृत्यु र अरबौंको क्षति भएको छ।ु

जलवायु असर न्युनिकरण र नियन्त्रणका लागि नेपालले गरिवी निवारणको बजेट समेत कटौती गर्दा नेपाललाई ठुलो असर परेको उहाँले उल्लेख गर्नु भएको छ ।

विश्व समुदायको हित र पृथ्वीको रक्षाको लागि नेपालले प्रकृतिक स्रोत साधनको उपयोगमा अनुशासन कायम राख्दै स्वच्छ ऊर्जाको प्रयोगमा जोड दिएको बताउनुका साथै कार्बन उत्सर्जन न्यूनीकरणको महत्वाकांक्षी एनडीसी योजना कार्यान्वयन गरिरहेको पनि राष्ट्रपति पौड्यालले बताउनु भयो।

विश्वका शक्तिशाली राष्ट्रहरुले युद्धका लागि गोला बारुद खरिद गर्न खर्च गरीरहेको स्रोत साधनलाई जलवायु परिवर्तनले पारेको नकारात्मक असरलाई नियन्त्रण गर्न खर्च गर्न राष्ट्रपति रामचन्द्र पौडेलले सुझाव दिनुभएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

गाउँदेखि सहरसम्म, प्रदेशदेखि केन्द्रसम्म
छुट्दैनन् अब कुनै खबर, आजकाे अपडेटसँग

हाम्रो टीम

कार्यकारी सम्पादक: सन्तोष मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220