विराटनगर । कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री माननीय सदानन्द मण्डलले तिहार, छठ पर्व तथा नेपाल सम्बत ११४५ को अवसरमा शुभकामना दिनु भएको छ ।
मन्त्री मण्डलले नेपालीहरूको महान चाड तिहार, छठ पर्व र नेपाल सम्बत ११४५ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी(बहिनी तथा दाजु(भाइहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको हो ।
उहाँले बहुसांस्कृतिक नेपाली समाजको अनुपम उदाहरणको रूपमा रहेको यी पर्वहरूले सबै नेपालीबीच आपसी सद्भाव, प्रेम र भ्रातृत्व अझै बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो ।
साथै मन्त्री मण्डलले यी पर्वहरूले नेपालीहरूको जीवनमा नयाँ उर्जा, उत्साह र सकारात्मक सोच भर्दै सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि र उन्नतिको मार्ग प्रशस्त गर्ने कामना गर्नुभएको छ ।