विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले कुनै पनि अपराध नगरेको दाबी गरेका छन् ।
प्रहरीले पक्राउ गरेपछि उनले शुक्रबार पार्टी कार्यालय चमतीमा उपस्थित पत्रकार र शुभचिन्तकलाई छोटो सम्बोधन गर्दै लामिछानेले आफूमाथि पुरै राज्य खनिएको बताए ।
सभापति लामिछानेले भने, ‘अभियानको आसा भरोसामाथि प्रहार भएको छ । म अदालती प्रक्रियालाई सम्मान गर्छु । तर राजनीतिक प्रतिरोधको हेक्का राख्छु । आदरणीय दाजुभाइ दिदी बहिनी मैले कुनै अपराध गरेको छैन । राज्यले सम्पूर्ण शक्ति लगाएर म विरुद्ध लागेको छ । म यसको डटेर सामना गर्छु ।’
रवि पार्टी कार्यालयको कार्यकक्षबाट ग्राउडमा निस्कँदा रवि दाइ हाइ हाइ भन्ने हुटिङ लागेको थियो ।
उनलाई हाल प्रहरीले पार्टी कार्यालय चमरीबाट पक्राउ गरेर पोखरा लगेको छ ।
रविलाई पक्राउ गरेपछि उपस्थित कार्यकर्ताले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवा विरुद्ध नाराबाजी गरिरहेका छन् ।