सुनसरी । कोशी प्रदेश अन्तर्गत सुनसरी जिल्लाको बर्जु गाउँपालिकामा रहेका १६ वटा प्रारम्भिक बाल्यकाल हेरचाह तथा विकास (ECCD) केन्द्रहरूलाई आज शैक्षिक सामग्री वितरण गरिएको छ ।
LDS Charities Hong Kong को आर्थिक सहयोग र हर्ड नेपालको कार्यान्वयनमा सञ्चालित यो कार्यक्रम बर्जु गाउँपालिकासँगको समन्वयमा सम्पन्न भएको हो ।
विद्यालयहरूलाई वितरण गरिएका सामग्रीमा कार्पेट, गोल टेबल, स्ट्यान्ड फ्यान, जुत्ता र्याक, सेतो बोर्ड, पिन बोर्ड, जूटको कार्पेट, गद्दा, डोरमेट, पजल म्याट, फुटबल लगायतका शैक्षिक सामग्रीहरू रहेका छन्। प्रत्येक विद्यालयले १ सेट कार्पेट, ३ सेट गोल टेबल, २ स्ट्यान्ड फ्यान, २ जुत्ता र्याक, १ सेतो बोर्ड र १ पिन बोर्ड प्राप्त गरेका छन् ।
हर्ड नेपालका अनुसार यो सहयोगले गाउँपालिकाको प्रारम्भिक बाल शिक्षा सुधार गर्ने र बालबालिकाको विकासका लागि आवश्यक स्रोतहरूमा पहुँच सुनिश्चित गर्ने लक्ष्य राखिएको छ ।