विरारटनगर । कोशी प्रदेशका प्रदेशसभा सदस्य मा.इस्राइल मन्सुरीले आज घटस्थापनाको अवसरमा सबै नेपालीहरूलाई हार्दिक शुभकामना दिएका छन् ।
विजया दशमीको पहिलो दिन घटस्थापनाको अवसरमा जारी गरिएको शुभकामना सन्देशमा मा.मन्सुरीले देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।
उनले नेपालीहरूको महान चाड बडा दशैंको, दीपावली एवम् छठ पर्वको अवसरमा यो शुभकामना दिएको जानकारी दिए ।
यस अवसरमा उनले घटस्थापनाको महत्व र यसले नेपाली समाजमा ल्याउने एकता र खुशीको बारेमा पनि चर्चा गरे ।
सुनसरी क्षेत्र नं ४ ख बाट निर्वाचित मा.मन्सुरीले यस चाडपर्वले सबै नेपालीहरूको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस् भन्ने कामना गरेका छन्। ।