१० पुष २०८१, बुधबार

सप्तकोशीमा पानीको सतह अति खतराको विन्दुमा

Logo
आजको अपडेट आइतबार, आश्विन १३, २०८१

विराटनगर । सप्तकोशी नदीले कोशी ब्यारेजको जलसतह अति खतरनाक विन्दु पार गरेको छ ।

आज बिहान ७ बजे सप्तकोशीमा प्रतिसेकेन्ड ६ लाख ६१ हजार ५ क्युसेक जलसतह मापन गरिएको छ । पानीको सतहले पुललाई नाघेपछि सतर्कता अपनाउँदै सबै सवारी साधनलाई समेत पुलबाट हिँड्न रोकिएको छ ।

सप्तकोशी जलमापन केन्द्रले आपतकालीन सवारी साधनहरू बाहेक अन्य सवारी साधनलाई रोकिएको जानकारी दिएको छ ।

अहिले पनि पानीको सतह बढिरहेको र यो उच्च तहको जोखिमको अवस्थामा रहेको केन्द्रले जानकारी दिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

गाउँदेखि सहरसम्म, प्रदेशदेखि केन्द्रसम्म
छुट्दैनन् अब कुनै खबर, आजकाे अपडेटसँग

हाम्रो टीम

कार्यकारी सम्पादक: सन्तोष मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220