विराटनगर । एन्फा महिला लिग फुटबलमा आज २ वटा खेल हुँदैछ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा हुने पहिलो खेलमा दिउँसो साढे १२ बजे कोशी प्रदेश र नेपाल पुलिस क्लव खेल्दैछन् ।
कोशी प्रदेशले यसअघि खेलेका सबै खेल जितेको छ । यसअघि विभागीय टोलीसँग कोशीले खेलेको छैन । पुलिसले पहिलो खेलमा अर्को विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफसँग गोलरहित बराबरी खेल्दा सुदूरपश्चिम र बाग्मतीलाई हराएको थियो ।
यस्तै आजै हुने दोस्रो खेलमा दिउँसो साढे ३ बजे कर्णाली प्रदेश र सङ्कटा क्लव खेल्दैछन् । यसअघि सवा ४ बजे तय भएको खेल हिजो अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले परिवर्तन गरेको खेल तालिका अनुसार साढे ३ बजे हुन लागेको हो ।
तालिकामा कोशी ९ अङ्कसहित शीर्ष स्थानमा छ । पुलिस र एपिएफको समान ७ अङ्क छ । गोलअन्तरमा पुलिस दोस्रो स्थानमा छ । आर्मी र वालिङ नगरपालिकाको समान ६ अङ्क रहँदा बाग्मतीको ६ अङ्क छ । चन्द्रपुर नगरपालिकाको २ तथा सङ्कटा र कर्णालीको समान एक अङ्क छ । सुदूरपश्चिमले खाता खोल्न सकेको छैन । १० टोली सहभागी लिगको शीर्ष ५ टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् ।