०८ पुष २०८१, सोमबार

कोशी प्रदेशमा मन्त्रालयको संख्या बढ्दैन : मुख्यमन्त्री कार्की

Logo
आजको अपडेट आइतबार, भाद्र ०९, २०८१
कोशी प्रदेशमा मन्त्रालयको संख्या बढ्दैन : मुख्यमन्त्री कार्की

विराटनगर  । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अगामी भदौ १२ गते भित्र प्रदेशमा मन्त्रिमण्डल विस्तार हुने बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले नेपाली कांग्रेसले मन्त्रीहरुको नाम दिनासाथ मन्त्रिमण्डल विस्तार गर्ने जानकारी दिनु भयो ।

मुख्यमन्त्री कार्कीले भदौ १४ गतेदेखि शुरु हुने प्रदेशसभा बैठकमा सबैमन्त्रीहरु अगाडिको आफ्नो कुर्सीमा हुने समेत बताउनुभयो । उहाँले विगतमा भएको सहमती अनुसार प्रदेशमा मन्त्रालयको सङ्ख्या वृद्धि नहुने बताउँदै नेकपा एमालेबाट मुख्यमन्त्री सहित पाँच र नेपाली कांग्रेसका चारजना मन्त्रीहरु रहनु हुनेछन् ।

मुख्यमन्त्री कार्कीले भन्नुभयो ,‘ एक÷ दुई राज्यमन्त्री थप हुन सक्ने सम्भावना रहेको छ ।’ उहाँले प्रदेशको मन्त्रिमण्डल विस्तार शोभनिय बनाउन नेकपा एमाले र र नेपाली कांग्रेसको चाहना भएको बताउनु भयो । फरक प्रसङमा उहाँले ‘कोशी’ यो प्रदेशको पहिचान भएको बताउँदै अन्य थुप्रै पहिचानहरुको यथोचित सम्बोधन हुने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री कार्की प्रदेशको नामाकरण भैसकेकोले परिवर्तन नहुने बताउनुहुँदै मन्त्री रामबहादुर रानाको नेतृत्वमा रहेको बार्ता टोलीले आवश्यक पर्दा विभिन्न विषयमा बार्ता गर्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

गाउँदेखि सहरसम्म, प्रदेशदेखि केन्द्रसम्म
छुट्दैनन् अब कुनै खबर, आजकाे अपडेटसँग

हाम्रो टीम

कार्यकारी सम्पादक: सन्तोष मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220