०८ पुष २०८१, सोमबार

रोट्रयाक्ट क्लब वातावरण संरक्षणका लागि इभी गाडीको र्याली

Logo
आजको अपडेट शनिबार, भाद्र ०८, २०८१
रोट्रयाक्ट क्लब वातावरण संरक्षणका लागि इभी गाडीको र्याली

विराटनगर । रोट्रयाक्ट क्लब अफ विराटनगर सेन्ट्रलले वातावरण संरक्षणका लागि इभी गाडीको सचेतनामूलक र्याली निकालेको छ ।

विराटनगरस्थित मारवाडी सेवा सदनमा आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्की, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई र मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीले र्यालीको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

उपमेयर कार्कीले वातावरण संरक्षणका लागि सचेतनामूलक नारा लेखिएको स्टीकर टाँसेर र्यालीको शुभारम्भ गरिन् । कार्यक्रमलाई सम्बोधन गर्दैै प्रमुख अतिथिसमेत रहेकी उपमेर कार्कीले वातावरण संरक्षण गर्नु सबैको दायित्व भएको उल्लेख गरिन् । नेपालजस्तो ऊर्जाको प्रचुर सम्भावना भएको मुलुकमा इभी गाडीको प्रयोग अत्यन्तै उपयुक्त भएको उनको भनाइ थियो ।

इभी गाडी वातावरणमैत्रीसमेत भएकाले पेट्रोलियम गाडीको सट्टा इभी गाडीको प्रयोग गर्नु उपयुक्त हुने उपमेयर कार्कीको ठम्याइ थियो । कार्यक्रमका मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले पेट्रोलियम पदार्थबाट चल्नेभन्दा विद्युतबाट चल्ने गाडीको माग विश्वमै बढ्दै गएको बताए ।
उनले पेट्रोलियम पदार्थको उत्पादनसमेत घट्दै गएका कारण विद्युतीय र सौर्य गाडी सञ्चालनमा जोड दिए । पेट्रोलियम पदार्थबाट सञ्चालित गाडीका कारण वातावरणमा समेत प्रतिकूल असर पर्ने उनको भनाइ थियो ।

वातावरण संरक्षणका लागि सबै नागरिकलाई सचेत गराउन इभी गाडीको र्याली निकालिएको कार्यक्रम संयोजक आश्रेय कोइरालाले जानकारी दिए । वातावरण संरक्षणका लागि अन्य कार्यक्रमसमेत सञ्चालन गर्ने उनले बताए ।

र्यालीमा विभिन्न कम्पनीका करिब ३० वटा गाडी सहभागी भएको आयोजक संस्थाका अध्यक्ष कुशल साहले जानकारी दिए । मारवाडी सेवा सदनबाट सुरु भएको र्याली तीनपैनी चोक, पुष्पलालचोक, दूधफारम, बरगाछी, महेन्द्रचोक, बसपार्क, रोडशेषचोक, ट्राफिक चोक, जलजलाचोक, गोल्छाचोक हुँदै विराटनगर महानगरपालिकामा पुगेर समापन भएको थियो ।

यसअघि क्लबले जिल्ला प्रशासन चोकदेखि कोशी अस्पतालसम्म वृक्षारोपणसमेत गरेको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

गाउँदेखि सहरसम्म, प्रदेशदेखि केन्द्रसम्म
छुट्दैनन् अब कुनै खबर, आजकाे अपडेटसँग

हाम्रो टीम

कार्यकारी सम्पादक: सन्तोष मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220