विराटनगर । आगामी भदौ ११ गते मंगलबार विराटनगरमा निकालिन लागिएको ५६ औं संस्करणको रथयात्रा ४३ स्थानमा विश्राम गरिने भएको छ । श्रीकृष्ण जन्माष्टमीको भोली पल्ट निकालीने एसिया कै दोस्रो ठुलो राधाकृष्ण रथयात्राको विश्राम गर्ने स्थानहरुको तय समेत भईसकेको छ । श्री राधाकृष्णा रथयात्रा समारोह रथ संचालन उपसमिति संयोजक सुरेश जैसवालका अनुसार यस पटकको रथयात्रालाई विराटनगरको मुख्य ४३ स्थानमा विश्राम गराउदै पुनः मन्दिरमा पुर्याएर विर्सजन गरिनेछ । राधाकृष्ण मन्दिरबाट रथको प्रस्थान गरी मेनरोड हुदै रोडशेषबाट धरान रोड हुदै बरगाछीबाट पुनः मन्दिरमा ल्याएर विर्सजन गरिने भएको छ ।