०८ पुष २०८१, सोमबार

भारतका अस्पतालमा ओपीडी र शल्यक्रिया सेवा बन्द

Logo
आजको अपडेट आइतबार, भाद्र ०२, २०८१
भारतका अस्पतालमा ओपीडी र शल्यक्रिया सेवा बन्द

भारतका अस्पतालमा ओपीडी र शल्यक्रिया सेवा बन्द भएका छन् । कोलकताको आरजी कर अस्पतालमा एक जना प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याको विरोधमा भारतीय चिकित्सा संघ आइएमएले आज भारतभरका सबै अस्पतालमा ओपीडी र शल्यक्रिया सेवा बन्द गराएको हो ।

२४ घण्टाका लागि सबै अस्पतालहरुमा ओपीडी र शल्यक्रिया सेवा बन्द रहने आइएमएलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गएको बुधवार कोलकातामा एक जना प्रशिक्षार्थी महिला डाक्टरको बलात्कार गरेर हत्या भएपछि अहिले देशभर आन्दोलन चर्किएको छ ।

डाक्टर मारिएको आरजी कर अस्पतालमा प्रदर्शनकारीले तोडफोड गर्ने जोखिम बढेपछि स्थानीय सरकारले निषेधाज्ञा लगाएको बीबीसी हिन्दीले जनाएको छ ।

यसैबीच भारतीय स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मीको सुरक्षाको बिषयमा अध्ययन गरी सुझाव दिन एक समिति गठन गर्ने आश्वासन दिएको छ । डाक्टरको आन्दोलनका कारण भारतको स्वास्थ्य सेवा प्रभावित भएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

गाउँदेखि सहरसम्म, प्रदेशदेखि केन्द्रसम्म
छुट्दैनन् अब कुनै खबर, आजकाे अपडेटसँग

हाम्रो टीम

कार्यकारी सम्पादक: सन्तोष मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220