०८ पुष २०८१, सोमबार

बंगलादेशमा भइरहेको धार्मिक हिंसाप्रति राप्रपा नेपालको विरोध

Logo
आजको अपडेट शनिबार, साउन २६, २०८१
बंगलादेशमा भइरहेको धार्मिक हिंसाप्रति राप्रपा नेपालको विरोध

विराटनगर । राप्रपा नेपालले बंगलादेशमा धार्मिक आस्थाका आधारमा भएको हिंसाप्रति विरोध जनाएको छ । शनिबार राप्रपा नेपालका अध्यक्ष कमल थापाले एक विज्ञप्ति जारी गरी सो हिंसात्मक गतिविधिको विरोध गरेका हुन् ।

उनले भनेका छन्, ‘आन्दोलनको बलमा सत्ता परिवर्तन भैसकेपछि पनि हिन्दूहरूमाथि अमानवीय र निर्मम आक्रमण हुनु तथा मन्दिरहरुमा तोडफोड गरिनु मानव अधिकारको ठाडो उल्लंघन हो। धार्मिक आस्थाको आधारमा भएका हिंसाको राप्रपा नेपाल घोर भत्सर्ना र विरोध गर्दछ।’

अध्यक्ष थापाले हिंसात्मक प्रदर्शनको क्रममा हिन्दुहरूमाथि संगठित आक्रमण भैरहेको समाचारले विश्वभरका सनातन धर्मावलम्बीहरूलाई स्तब्ध बनाएको समेत बताएका छन् ।

उनले बंगलादेशका जनताले बिभिन्न मागहरू राखेर गरेको आन्दोलनकाबारेमा आफूहरूको भन्नु केही नभएको र त्यो उनीहरूको अधिकार भएको समेत बताएका छन् । तर, धार्मिक आस्थाको आधारमा गरिने हिंसाप्रति सचेत विश्व समुदाय मौन रहन नसक्ने उनले बताएका छन् ।

विज्ञप्तिमार्फत अध्यक्ष थापाले हिन्दूहरूमाथि भैरहेको आक्रमण अन्त्य गर्न र पीडितहरूको उद्धार र सहयोगका निम्ति बंगलादेश सरकार र संयुक्त राष्ट्रसंघको ध्यानाकर्षण गराउन सरकारसँग माग समेत गरेका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

गाउँदेखि सहरसम्म, प्रदेशदेखि केन्द्रसम्म
छुट्दैनन् अब कुनै खबर, आजकाे अपडेटसँग

हाम्रो टीम

कार्यकारी सम्पादक: सन्तोष मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220