विराटनगर । सत्यम् कृषि बहुउद्देश्यीय सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । विराटनगर–३ स्थित संस्थाको आफ्नै भवनमा आज साधारण सभा भएको हो । संस्थाका अध्यक्ष गंगाप्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा जेष्ठ सदस्य ८५ वर्षीय पदम लाल प्रसाईँ प्रमुख अतिथि रहेका थिए ।
अन्य सहकारीमा पछिल्लो समय देखिएको समस्या विश्लेषण गर्दै सहकारीलाई दिगो बनाउने विषयमा छलफल भएको संस्थाका अध्यक्ष यादवले बताए । थप सहयोग जुटाएर सहकारीलाई बलियो बनाउने विषयमा साधारणसभा केन्द्रीत भएको उनले जानकारी दिए ।
जेष्ठ सदस्य प्रसाईँले सहकारीको आफ्नै भवन भएकाले आगामी दिनमा यसलाई थप गति दिनुपर्ने उल्लेख गरे । सहकारी संस्थामा ८५ प्रतिशत बढी महिला सेयर सदस्य रहेको संस्थाकी व्यस्थापक उषा कार्कीले जानकारी दिइन ।
१७२ जना सेयर सदस्य रहेको सहकारीले मोरङको ग्रामथान–१ म कृषि फार्म समेत संचालन गर्दै आएको छ । फार्ममा बोयर जातका बाख्रा पालिएको संस्थाकी व्यस्थापक उषा कार्कीले जानकारी दिइन । साधारण सभामा संचालक समिति, लेखा समिति, सेयर सदस्य लगायतको उपस्थिति रहेको थियो ।
यस्तै सामुदायीक विकास समाज (सिडियस) को २७ औं साधारण सभा पनि सम्पन्न भएको छ । गंगा प्रसाद यादवकै अध्यक्षतामा भएको कार्यक्रममा समाजका सल्लाहकार शत्रुधन चन्द्र पौडेल प्रमुख अतिथि थिए ।
महिला हिंसा, बाढी पिडित लगायतको क्षेत्रमा समाजले काम गर्दै आएको अध्यक्ष यादवले जानकारी दिए । साधारण सभामा अहिले गर्दै आएका कार्यलाई थप प्रभावकारी बनाउँदै लग्ने र अन्य नयाँ कार्य गर्ने छलफल भएको उनले बताए ।
समाजको भवन ग्रामथान–१ म निर्माणधिन अवस्थामा रहेको सल्लाहकार पौडेलले बताए । समाजको धनकुटामा दुई, तेह्रथुम र झापामा एक÷एकसहित चार वटा शाखा रहेको उनले बताए ।
मानव सेवा आश्रम संचलन, आर्थिक पक्ष सवल बनाउने लगायतका विषयमा पनि छलफल भएको उनको भनाइ छ । समाजले विपन्न बस्तीमा न्यानो कपडा वितरण गर्ने पनि उनको भनाइ छ ।
गैर नाफामूलक संस्था भएकाले यसले समाजका हरेक गतिविधिमा काम गर्दै आएको पौडेलले बताए । हाल संस्थामा ११४ महिला र २२ पुरुष गरी जम्मा १३६ जना सदस्य छन् । साधारण सभामा समाजका सदस्य, चारवटै शाखाका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।