विराटनगर । दुहवी नगरपालिका भित्रका युवा युवतीलाई व्यावसायिक ज्ञान दिने र उनीहरुलाई दक्ष बनाउने तर्फ दुहवी नगरपालिका लागी परेको छ ।
आर्थिक बर्ष २०७५ ÷०७६ देखी दुहवी नगरपालिका भित्रका ६ वटा सामुदायिक विद्यालय र २ सस्थागत विध्यालयमा अध्ययनरत कक्षा ९ र १० का विद्यार्थीलाई लक्षित गरि संचालन गरिएको कार्यक्रमलाई विस्तार गर्दै विद्यालय अध्ययन गरि अध्ययन छोडेका विध्यार्थी र अन्य युवा युवतीलाई व्यावहासिक ज्ञान उपलब्ध गराउने उद्धेश्यले वृति मार्ग निर्देशन सेवा इकाईको स्थापना गरि सो कार्यको शुभारम्भ गर्ने काम दुहवी नगरपालिकाले गरेको छ ।
सो इकाई शाखाको एक समारोहका विच दुहवी नगरपालिकाका प्रमुख वेदनारायण गच्छदारले उद्धाटन गर्नुभयो । सो शाखाको उद्घाटन गर्दै दुहवी नगरपालिकाका नगर प्रमुख वेद नारायण गच्छदारले नेपालको परिवेशमा व्यावसायिक शिक्षा आजको आवश्यकता हो व्यावसायिक ज्ञान विना मानिसहरु सक्षम हुन सक्दैनन ।
दुहवी नगरपालिका भित्रका युवा युवती लाई व्यावहारिक ज्ञान दिने , परामर्श दिने , उनीहरुले सक्ने ज्ञान सिपलाई रोजगारी दिलाउने तर्फ दुहवी नगरपालिका ले आवश्यक पहल गर्ने तर्फ सदैव रहेको बताउनुभयो । इन्सोर परियोजनाबाट ८ वटा विद्यालयका शिक्षकहरुले प्राप्त गर्नुभएको आफनो ज्ञानलाई युवा युवती समक्ष पुयाउने काम जुन गरेको छ ।
यसलाई दुहवी नगरपालिकाले विर्सन सकिदैन भन्नुहुर्दै परियोजनाको अवधि सकिएपनी यसलाई दुहवी नगरपालिकाले निरन्तरता दिने छ यो सरकारको सुचीमा परिसकेको छ गच्छदारले भन्नुभयो ।
यो दुहवी नगरपालिकाको कार्य शैलीलाई सबैले अनुशरण गर्नेछन भन्नुहुर्दै यसबाट कसैले भेदभाव भएको महशुस गर्न सक्ने छैनन भन्नुभयो ।
दुहवी नगरपालिका की उप प्रमुख मेनुका पोखरेल खतिवडा , प्रमुख प्रसाशकीय अधिकृत हिमालय वराल , इन्सोर परियोजनाका प्रमुख संजिव राई , वृृती मार्ग निर्देशन सेवा इकाई प्रमुख विकाश घिमिरे लगायतका वत्ताले दुहवी नगरपालिका भित्रमा युवा युवतीलाई रोजगारी परामर्श र व्यावहारिक ज्ञान दिदैं युवा युवतीलाई आफनो खुटटामा उभिन्न सक्ने अवस्थाको सिर्जना हुने दावी गर्नुभयो ।