०८ पुष २०८१, सोमबार

विस्फोटबाट भारतको पुणेमा नेपालीको मृत्यु

Logo
इन्डियन एक्सप्रेसबाट सोमबार, साउन २१, २०८१
नेपालीको मृत्यु

विराटनगर । भारतको पुणेस्थित माभल तालुकाको एक निर्माण कम्पनीमा विस्फोट हुँदा २२ वर्षीय नेपाली युवकको मृत्यु भएको छ । अजयकुमार बजरंगीप्रसाद मौर्य नामका ती युवक भेइकलका स्पेयर पार्ट्स बनाउने उक्त निर्माण कम्पनीको पारण्डवादीस्थित कार्यालय परिसरमा बस्दै आएका थिए ।

प्रहरीका अनुसार, गएको बिहीबार खाना पकाउन स्टोभको चुल्हो बाल्न उनी केही केमिकल प्रयोग गरिरहेका थिए । त्यसक्रममा त्यो पदार्थ पड्किएको थियो ।

विस्फोटबाट उनी गम्भीर रूपमा जलेका थिए । अस्पतालमा सर्जरी भइरहेकामा शनिबार उनको मृत्यु भएको हो ।

उक्त मृत्यु घटना शिरगाउँ प्रहरी कार्यालयमा दर्ता गरिएको र थप अनुसन्धान भइरहेको जनाइएको छ । ती युवकको नेपालको ठेगाना खुलाइएको छैन ।

प्रतिक्रिया
हाम्रो बारे

गाउँदेखि सहरसम्म, प्रदेशदेखि केन्द्रसम्म
छुट्दैनन् अब कुनै खबर, आजकाे अपडेटसँग

हाम्रो टीम

कार्यकारी सम्पादक: सन्तोष मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220