०८ पुष २०८१, सोमबार

बर्जुमा शिक्षामा सुधार र विकासका अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

Logo
आजको अपडेट मंगलबार, मंसिर ०४, २०८१

विराटनगर । बर्जु गाउँपालिकामा अर्धवार्षिक समीक्षा बैठक सम्पन्न भएको छ। “शिक्षामा सुधार र विकासका लागि वास (पानी, सरसफाइ र स्वच्छता) तथा अन्य अद्यावधिक योजनाहरू” शीर्षकमा आयोजित बैठकले स्थानीय विद्यालयहरूमा शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले विभिन्न योजना र गतिविधिहरूको समीक्षा गरेको हर्ड नेपालको कार्यक्रम अधिकृत ज्ञानु गौतमले जानकारी दिनुभयो ।
सोमबार भएको समीक्षा कार्यक्रममा महिना स्वास्थ्य व्यवस्थापन गतिविधि मार्फत शिक्षा प्रणाली सुधार गर्न गरिएको प्रगतिमा छलफल गरियो। यस कार्यक्रममा Latter-Day Saint Charities (LDS Charities) र बर्जु गाउँपालिकाको सहकार्य र हर्ड नेपालको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

अर्धवार्षिक समीक्षा बैठकमा गाउँपालिका भित्रका १६ वटा विद्यालयका इसीडी शिक्षिका, प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका सदस्य, हर्ड नेपाल संस्थाका कार्यकारी निर्देशक राकेश कुमार यादव, लेखा अधिकृत उष्मा दाहाल, स्वास्थ तथा पोषण अधिकृत विशेषता खनाल, शिप्रा प्याकुरेल लगायतको उपस्थिति रहेको थियोे ।


कार्यक्रमका वक्ताहरूले विद्यालयहरूमा सरसफाइ र स्वच्छताको व्यवस्था गर्दै बालबालिकालाई शिक्षाका लागि उपयुक्त वातावरण तयार गर्न जोड दिएका थिए।
उक्त कार्यक्रमको प्रमुख उद्देश्य शिक्षाको स्तर सुधार गर्नु र बालबालिकाको स्वास्थ्य र स्वच्छता सुनिश्चित गर्नु रहेको बताइएको छ। बैठकले स्थानीय स्तरमा पानी, सरसफाइ, र व्यक्तिगत स्वास्थ्य व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन विभिन्न योजनाहरू कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

गाउँदेखि सहरसम्म, प्रदेशदेखि केन्द्रसम्म
छुट्दैनन् अब कुनै खबर, आजकाे अपडेटसँग

हाम्रो टीम

कार्यकारी सम्पादक: सन्तोष मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220