०८ पुष २०८१, सोमबार

कोशी प्रदेशका दुई सचिवको सरुवा

Logo
आजको अपडेट सोमबार, कार्तिक ०५, २०८१

विराटनगर । कोशी प्रदेश सरकारका २ जना सचिवको सरुपा भएको छ । बिहीबार बसेको संघीय मन्त्रिपरिषद बैठकले ४० जना सहसचिवहरुको जिम्मेवारी हेरफेर गर्दा कोशाी प्रदेशका २ सचिवको पनि सरुवा भएको हो ।

प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव लेखराज दाहाल र खानेपानी, सिचाईं तथा उर्जा मन्त्रालयका सचिव प्रदिप वान्तवाको सरुवा भएको छ । दाहालको संघीय कृषि तथा पशपुन्छी विकास मन्त्रालयमा र बान्तवाको उर्जा जलस्रोत तथा सिचाई मन्त्रालयमा सरुवा भएको हो ।
मधेश प्रदेशको भूमि व्यवस्था तथा कृषि मन्त्रालय मधेशका शरणकुमार पाण्डे कोशीको मुख्यमन्त्री कार्यालयमा सरुवा भएका छन् । यस्तै संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रेमकुमार सिंह कोशी प्रदेश मुख्यमन्त्री कार्यालयमा सरुवा भएको छ ।

मुख्यमन्त्री कार्यालयले पाण्डेलाई उद्योग कृषि तथा सहकारी मन्त्रालयमा र सिंहलाई खानेपानी, सिचाई तथा उर्जा मन्त्रालयमा पठाउने संभावना छ । पछिल्लो समयमा संघीय सरकारले प्रदेशका सचिवहरु पठाउँदा मन्त्रालय नतोकी मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पठाउने गरेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

गाउँदेखि सहरसम्म, प्रदेशदेखि केन्द्रसम्म
छुट्दैनन् अब कुनै खबर, आजकाे अपडेटसँग

हाम्रो टीम

कार्यकारी सम्पादक: सन्तोष मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220