विराटनगर । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले महिला साफ च्याम्पियनशिपका लागि खेल्ने महिला राष्ट्रिय फुटबल टिमको घोषणा गरेको छ । एन्फाले हिजो २३ सदस्यीय टिमको घोषणा गरेको हो ।
एन्फाले घोषणा गरेको टोलीमा कप्तान अन्जिला तुम्बापो सुब्बा , अञ्जना राना मगर, उषा नाथ, गीता राणा, अमृता जैसी, समिक्षा घिमिरे, निशा थोकर, पूजा राणा, विमला विक,हिरा कुमारी भुजेल र सजनी थोकर छन् ।
यस्तै रेणुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, दिपा शाही, सविता राना मगर, अनिता बस्नेत,अमिषा कार्की र विमला चौधरी पनि सहभागी छन् । यसैगरी रश्मीकुमारी घिसिङ, अनिता केसी, रेखा पौडेल र सावित्रा भण्डारी टोलीमा छन् ।
साफ महिला फुटबल च्याम्पियनशिप पर्सि विहिवारदेखि काठमाण्डौमा हुँदै छ । प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, माल्दिभ्स र भुटान सहभागी हुँदै छन् । नेपाल समुह ‘बी’ मा श्रीलङ्का, माल्दिभ्स र भुटानसँग रहेको छ भने समुह ‘ए’ मा भारत, बङ्गलादेश र पाकिस्तान रहेका छन् ।
प्रतियोगिताको पहिलो खेल पर्सि भारत र पाकिस्तानबीच हुँदैछ । नेपालले भने शुक्रवार पहिलो खेलमा भुटानसँग खेल्दैछ ।