०९ पुष २०८१, मंगलबार

पाँच सडकखण्ड अझै अवरुद्ध, आठ खण्डमा एकतर्फी

Logo
आजको अपडेट बुधबार, आश्विन २३, २०८१

विराटनगर । यही असोज १० देखि १२ गतेसम्मको अविरल वर्षाका कारण आएको बाढीपहिरोले अवरुद्ध पारेका विभिन्न राजमार्गका पाँच सडकखण्ड अझै खुल्न सकेका छैनन् ।

बाढीपहिरोले अवरुद्ध पारेका चार दर्जनभन्दा बढी सडकखण्ड खुले पनि अझै पाँच वटा सडकखण्ड पूर्णरुपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका अनुसार आठ वटा सडकखण्ड भने एकतर्फी खुलाएर यातायात सञ्चालन गरिएको छ । प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार अवरुद्ध सडक खुलाउने प्रयास जारी छ ।

नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणमा यही ११ गतेदेखि बन्द रहेको काभ्रेपलाञ्चोकको रोशीस्थित बीपी राजमार्गको चारसयबेँसी खण्ड पूर्णरुपमा अवरुद्ध छ ।

सोही राजमार्गको भ्याकुरे, रामेछापको मन्थली नगरपालिका–६ को सेलेघाट, भोटेकोशीको रामेछाप–सिन्धुली–खुरकोट, भोटेकोशीको बाह्रविसे–तातोपानी सडक तथा बझाङको जयपृथ्वी राजमार्गको बालुवाटार खण्ड पूर्णरुपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गोदावरीको लेले–टिकाभैरब, तह्रथुमको मध्यपहाडी लोकमार्गको तीनघरे, पाँथर फिदिमस्थित मेची राजमार्गको रमिते, भिमफेदीस्थित कान्ति लोकथप एकतर्फी रुपमा खुलाइएको छ ।

रोशीस्थित बीपी राजमार्गको कालढुङ्गा खण्ड, घुमाउने, हनुमानगढी केराघारी खण्ड र पृथ्वी राजमार्गको बेनीघाट कृष्णभीर खण्ड पनि एकतर्फी खुलाएर यातायात सञ्चालन गराइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

गाउँदेखि सहरसम्म, प्रदेशदेखि केन्द्रसम्म
छुट्दैनन् अब कुनै खबर, आजकाे अपडेटसँग

हाम्रो टीम

कार्यकारी सम्पादक: सन्तोष मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220